नेपालमा फाइजर खोप लगाउन सुरु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १२८ पटक पढिएको

नेपालमा कोभिड-१९ को संक्रमणबाट जोगाउन १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ । बालबालिकाले समेत लगाउन मिल्ने फाइजर खोप दीर्घरोगीलाई लक्षित गरेर लगाउन शुरु गरिएको हो । यसका लागि सातै प्रदेशमा खोप केन्द्र तोकिएको छ ।
फाइजर खोप १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घरोगीलाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो पटक खोप लगाएकालाई २१ दिनदेखि २८ दिनभित्र दोस्रो मात्रा लगाइनेछ । मन्त्रालयले, पहिलो मात्रा कात्तिक २८ देखि मङरसिर ४ गतेसम्म र मङरसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो मात्रा खोप दिने छ ।
काठमाण्डू उपत्यकामा रहेका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गङरगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन भएको छ ।