भोलिदेखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने बारको चेतावनी

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०३ पटक पढिएको

 

नेपाल बार एशोसिएसनको आह्वानमा गरेको धर्ना विरुद्द र प्रधानन्यायाधीशको समर्थनमा केही युवाहरुले प्रदर्शन गरे पछि कानुन व्यवसायीहरु आक्रोशित भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनमा उनको समर्थनकहरु पुगे पछि कानुन व्यवसायीहरु आक्रोशित भएका हुन् । 

बारले सोमबारदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने आन्दोलन गर्ने जनाएको छ । भिजिलान्तेहरु प्रयोग गरेर अदालतसम्म भिड्न पठाइएको भन्दै बार महासचिव लीलामणि पौड्यालले भने, ‘यसको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ ।’ साथै भोलि (सोमबार)देखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने उनको भनाई छ  । 

आफूहरु शान्तिपूर्ण आन्दोलन गरिरहँदा जबराले भिजिलान्तेहरु प्रयोग गरेर आफूहरुविद्ध उतारेको भन्दै महासचिव पौड्यालले भने, ‘’घुस कमिसनको पैसा लिएर आएकाहरुबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौं ।”

बारको देशैभरको एकाइहरुमा आज विरोध प्रदर्शन भइरहेको जनाइएको छ । सर्वोच्चको मूल गेटमा प्रधानन्यायाधीश जबरालाई प्रवेशमा अवरोध पुर्याइएपछि उनले वैकल्पिक बाटोबाट सर्वोच्च प्रवेश गरेका हुन् । प्रधानन्यायाधीश जबराको विरुद्धमा कानुन व्यवसायीहरुकाे विरोध प्रदर्शन हुँदै आएको छ भने जबराको समर्थकहरुलेbपनि आज सर्वोच्च परिसरमा प्रदर्शन गरेका थिए । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित