उत्तरी सिरिया : संकटग्रस्त बिन्दुमा पानीको अभाव

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९१ पटक पढिएको

 

जलवायु परिवर्तनका कारण उत्तरी सिरियामा पानीको चरम अभाव भएको छ । पानीको अभावले आर्थिक अस्थिरता, द्वन्द्व र महामारी जस्ता विद्यमान कमजोरीहरू बढीरहेको अल्जजिराले जनाएको छ । 

अल्जजिराको अनुसार उत्तरी सिरियाका बासिन्दाहरुले अहिले भूमिगत पानीको स्रोतमा पहुँच गुमाईरहेका छन् ।लामो समय देखि खेति गर्दै आइरहेका अबु मोहम्मद शेख हुसेनले पछिल्लो २ वर्षमा जीबनकै सबैभन्दा कम पानीको स्तर देखेको बताएका छन । यसअघि पानीको मुहान भन्दा टाढा बस्नेहरुले जमिनमुनिको पानी खनेर खेति गर्ने गरेको तर अहिले जति गहिरो खने पनि पानीको मुहान कतै फेला नपरेको शेख हुसेनले बताए । 

हुसेन र यस क्षेत्रमा बसोबास गर्नेहरु आफ्नो घर नजिकैको युफ्रेटिस नदीमा मात्र निर्भर छन् । 

युफ्रेटिस ५० लाख भन्दा बढी बासिन्दाहरु भएको सिरियाको सबैभन्दा लामो नदी हो । त्यस नदीमा रहेको जलविद्युत बाँधबाट उत्पादन हुने बिजुलीले करिब ३० लाख मानिसको आपूर्ति पुरा गरेको छ । तर शेख हुसेन भने बाँधमा पानीको सतह कम भएकाले आफूले र आफ्नो परिवारले अहिले दिनमा करिब दुई घण्टा मात्रै बिजुली पाइरहेको बताउछन् । 

बढ्दो तापक्रम र घट्दो वर्षाका कारण युफ्रेटिस नदिमा पानीको स्तर घटेको छ । सिरियामा यस वर्ष इन्धनको मूल्य पनि झन्डै तीन गुणाले बढेको बताईएको छ । पानीको पम्प सञ्चालन गर्न महँगो भएको र कृषि सञ्चालनको लागतमा पनि वृद्धि भएको हुनाले खाद्यवस्तुको मूल्य बढेको मर्सी कर्प परियोजनाले जनाएको छ । 

परियोजनाको अनुसार पानीको संकटका कारण धेरै मानिसहरू सिंचाई नहरको पानीमा निर्भर भएको हुनाले पानीजन्य रोग झाडापखाला र आन्द्राको संक्रमण फैलिएको छ । नहरमा पानी लिन जादा सन् २०२१ मा मात्र नहरमा डुबेर ७ जनाको मृत्यु भएको र मृत्यु हुनेमा सबै जना महिला र बालबालिका रहेका छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित