युरोपको ग्यास आपूर्ति रोकिदिने बेलारुसको धम्कि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८९ पटक पढिएको

 

बेलारुसका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन् । बेलारुसमा लामो समयदेखि सत्तामा रहेका नेता एलेक्जेन्डर लुकासेन्कोले प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने बताएका छन् ।

बीबीसीका अनुसार बेलारुस हुँदै  युरोपेली सङ्घ(ईयू) जाने रुसी ग्यास पाइपलाइनलाई सङ्केत गर्दै उनले भने, "हामीले उनीहरूलाई न्यानो पारिरहेका छौँ र उनीहरूले हामीलाई धम्क्याइरहेका छन्, हामीले ग्यास आपूर्ति रोकिदियौँ भने के होला? त्यसैले पोल्याण्ड र लिथुएनिआका नेतृत्व गर्नेहरु र  अन्य खाली हात बसेका मानिसहरूलाई बोल्नुअघि सोच्न म सुझाव दिन्छु।"

जसप्रति ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटमा उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएको बीबीसीले जनाएको छ । जसविरूद्ध ईयूले नयाँ प्रतिबन्धहरूको तयारी गरिरहेको खबरहरू सार्वजनिक भइरहेका छन् ।

बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू ईयू को क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन् । लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै अभाव र उच्च मूल्यमा रहेको ग्यासलाई लिएर नयाँ चिन्ता उत्पन्न भएको बीबीसीले उल्लेख गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित