उत्तरपूर्वी चीनमा उच्च हिमपातका कारण २७ क्षेत्र रातो सुचीमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २१९ पटक पढिएको
उत्तरपूर्वी चीनमा यस साता उच्च हिमपातले ठूलो क्षति पुर्याएको छ । भारी हिमपातपछि रेल, हवाई र अन्य सवारी साधन बन्द भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारी हिमपातपछि चिसो हावा चल्ने भन्दै मंगोलिया र उत्तरपुर्वी चीनका करिब २७ क्षेत्रलाई रातो सुचीमा राखिएको छ । त्यहाँको मौसम विभागले हिउँसँगै आउने आँधीको लागि रेड अलर्ट जारी गरिनुपर्ने जनाएको छ ।
यसवर्ष हिउँद सुरु हुनुअगावै एक्कासी भारी हिमपात भएको त्यहाँका मौसमविद्हरुले बताएका छन् । हिमपातका कारण जनजीवन कष्टकर बनेको भन्दै स्थानीय सरकारले सबैलाई न्यानो भएर बस्न र खाद्यान्न सञ्चित गर्न सुचना समेत जारी गरेको छ ।
छिमेकी मंगोलियामा भारी हिमपातपछिको हिम आँधीका कारण १ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सयभन्दा बढी मानिस विस्थापित भएका छन् ।
गत आइतबारदेखि सुरु भएको हिमपातले सो क्षेत्रमा औसतभन्दा २१ इन्च बढी हिउँ जमेको रोयटर्सले जनाएको छ । चाइना न्यूज विक्लीले बुधबार रिपोर्ट गरे अनुसार लिओनिङ प्रान्तीय मौसम विज्ञान अब्जर्भेटरीका प्रमुख मौसमविद झोउ चुन्सियाओले हालैको हिमपात सन् १९५१ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा ठूलो भएको जनाएको छ ।
तस्बिर: रोयटर्स