पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्द बिप्लबको आन्दोलन कार्यक्रम

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २८९ पटक पढिएको

 

नेत्रविक्रम चन्द ‘बिप्लब ‘ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव बिप्लबले बिहीवार वक्तव्य जारी गर्दै आज कार्तिक २५ गते देखि ३० गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

बिप्लबले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार कार्तिक २५ बिहीवार दिउसो ३ बजे देशव्यापी विरोध प्रदर्शन गरिने छ । त्यस्तै कार्तिक २६ गते शुक्रवार प्रचार/प्रसार र साँझ मशाल जुलुस गर्ने, २७ गते देशव्यापी रुपमा दिउसो १ बजे देखि २ बजेसम्म एक घण्टा प्रदर्शन गर्ने, २८ गते बिहान १० बजे देखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने र २९ गते दिउसो सिठ्ठी जुलुस र साँझ मसाल जुलुस निकालिने भएको छ । त्यस्तै उनले  ३० गते बन्दको आह्वानसमेत गरेका छन् ।

बिप्लबले जनभावनाको कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग माग गरेको छन् । वक्तव्यमा सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी गर्दै ‘दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ?’ भन्दै प्रश्न पनि गरेका छन् ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित