तनावग्रस्त न्यायालय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १८६ पटक पढिएको
सर्वोच्च अदालत परिसर तनावग्रस्त बनेको छ । नेपाल बार एशोसियसनले गरेको धर्नामा प्रहरी हस्तक्षेप भए पछि अहिले सर्वोच्च परिसरको अवस्था तनावग्रस्त बनेको हो । सर्वोच्च परिसरमा विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी माइक खोसेका थिए ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएको बारले आजबाट आन्दोलनलाई झन् आक्रामक बनाएको छ । कानुन व्यवसायीहरुको धर्नास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । ‘प्रधानन्यायाधीश राजीनामा दे’ भन्दै ठूलो संख्यामा कानुन व्यवसायीहरु चर्का नाराबाजी सहित सर्वोच्च परिसरमा प्रदर्शनरत छन् ।
प्रहरीसँगको धक्कामुक्कीमा नेपाल बार एसोसियसनका उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना अधिवक्ता घाइते भएका छन् । यसैबीच प्रहरी हस्तक्षेपको विरोधमा बारले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने निर्णय गरेका छन् ।
गत १२ गते बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम पनि दिएको थियो । प्रधानन्यायाधीश जबरा भने न्यायाधीशको सहमति बेगर इजलास तोक्दै आएका छन् । "कसैको दबावमा" राजीनामा नदिने उनले पटक पटक बताउँदै आएका छन्।