थप ४७४ जना संक्रमणमुक्त, ६ को मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११६ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४४० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल संक्रमणमुक्त हुने दर ९७.७ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ । त्यस्तै आज ४३ हजार ३८० जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस