चीन द्वारा अहिले सम्मकै सबैभन्दा ठूलो युद्धपोत पाकिस्तानलाई हस्तान्तरण

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११८ पटक पढिएको

 

चीनले अहिले सम्मकै सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत पाकिस्तानलाई हस्तान्तरण गरेको छ । दुई देशबीचको मित्रतालाई विशेष बनाउन चीनले योगदान स्वरुप सोमबार सो युद्धपोत पाकिस्तान पुर्‍याएको हो ।

चीनको सिपविल्डिङ कोपरेसन लिमिटेड (सिएसएससी)ले डिजाइन र निर्माण गरेको सो युद्धपोत दुई देशबीचको रणनीतिक साँझेदारीलाई मजबुत बनाउने उदेश्यले अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । 

पाकिस्तानी नौसेनाले विज्ञप्ति जारी गर्दै चीनले दिएको टाइप ०५४ ए/ पि युद्धपोतको पिएनएस सुघ्रिल नामांकरण गरिएको बताएको छ । ‘विशिष्ट विशेषतासहित युद्धपोत सबैभन्दा ठूलो र अत्याधुनिक छ । चीनको यस योगदानले दुई देशबीचको रणनैतिक साँझेदारी र मित्रतालाई अजम्बरी बनाउने छ, जारी विज्ञप्तिमा भनिएको छ । 

चिनियाँ सरकारी मिडियाले पनि  यसलाई दुई देशबीचको सम्बन्धमा एउटा ठुलो उपलब्ध भएको बताएको छ । चीनले यस्तै अन्य चारवटा युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको जनाएको छ । यो जहाजलाई प्राविधिकरुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ । यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।

""

 

तस्बिर : पाकिस्तान दुतावास

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित