हुम्लामा हिमपातका कारण किसानहरुलाई समस्या
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४२८ पटक पढिएको

हुम्लाको लिमीका तीन गाउँका किसानहरुलाई समय भए पनि खेतमा उवा (गहुँ जस्तै प्रजातीको अन्नवाली) छर्न सकस भएको छ । हिमालपारीको गाउँमा कात्तिक पहिलो हप्ता देखि बाक्लो हिमपातले जमिन सेताम्मे भएपछि किसानलाई उवा छर्न गार्हो भएको हो ।
अहिले उवा छर्ने समय भए पनि जोत्नका लागि ठिक्क पारिएका जग्गा सेताम्मे रहेका छन् । यसबाट लिमीका १४७ घरधुरीका स्थानीय प्रभावित भएको गोरखापत्रले उल्लेख गरेको छ । लिमीमा आठ सय भन्दा बढी रोपनी जग्गामा उवा छर्न नपाईने बताइएको छ ।
लिमीको हल्जी गाउँका कुन्जोक लामाले तीन फिट हिउ खेतमा जमेपछि वर्षको एक बाली पाक्ले उवाको बीउ छर्न नपाएको बताएका छन् । उनले अहिले छरेको उवा अर्को साल असोजमा पाक्ने भए पनि यसवर्ष छर्न नसकिने अवस्था आएको बताएका छन् ।
हिउँ जग्गा भरि जमेर सेताम्मे हुँदा गोरु जोत्न नसकिने अबस्था भएपछि किसानहरु चिन्तित भएका छन् । जग्गामा जमेको हिउँ फालेर संम्भव नहुँने देखिएपछि उवा छर्न नपाईने भएको उनीहरुको गुनासो छ ।
तस्बिर : गोरखापत्र