नेपाली सेनालाई चीनले दियो तीन लाख डोज खोप

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४८ पटक पढिएको

 

चीनले नेपाली सेनालाई तीन लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार जंगी अड्डामा पुगेर प्रधानसेनापति प्रभुराम शर्मालाई खोप हस्तान्तरण गरेकी हुन् । 

तीन लाख (डोज) कोभिड-१९ को खोप सहित १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटर चीनको जनमुक्ति सेनाद्वारा सहयोग स्वरुप प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । सेनाले प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको भनेको छ ।

""

चीनले नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा सहयोग गर्दै आएको छ। चीनले गत १७ गते मात्र पनि नेपाललाई सहयोग १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको थियो । हालसम्म चीनले नेपाललाई ३८ लाख खोप अनुदान स्वरुप उपलब्ध गराएको छ ।

 

तस्बिर: नेपाली सेना 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित