भारतमा सन् २०२० मा करिब १२ हजार व्यापारीले गरे आत्महत्या

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४४७ पटक पढिएको

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्यूरो (एनसीआरबी) को तथ्यांकले सन् २०२० मा कोरोना भाइरस महामारीको कारण उत्पन्न आर्थिक संकटबिच आत्महत्या गर्ने व्यापारी(व्यवसायी) हरुको संख्या ५० प्रतिशत बढी रहेको देखाएको छ ।

एनसीआरबीले २०२० मा करिब १२ हजार व्यापारीहरुले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरेका हुन् । एनसीआरबीको तथ्यांक अनुसार  सन् २०२० मा ११ हजार ७१६ जना व्यवसायीहरुले आत्महत्या गरेका छन् ।  त्यस्तै सोहि अवधिमा १० हजार ६६७ किसानहरुले  आत्महत्या गरेका छन् ।

इंडियन एक्सप्रेस अखबारले २०१९ को तुलनामा २०२० मा सबैभन्दा बढी आत्महत्या गर्नेमा व्यापार/व्यवसाय गर्दै आएका व्यक्ति भएको उल्लेख गरेको छ । भारतमा किसानको आत्महत्याका समाचार धेरै आउने गर्छन् । त्यस्तै आत्महत्या पनि किसानले नै बढी गर्दै आएको यसअघिका तथ्यांकहरुले देखाएको छ ।

तर, महामारी पछि उत्पन्न संकटका कारण सन् २०२० मा भने किसानले भन्दा बढी व्यापारीहरुले आत्महत्या गरेको तथ्यांकले देखाएको हो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित