भारतको एक बटालियन क्याम्पमा प्रहरीको गोलि लागेर ४ जना को मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २७८ पटक पढिएको

 

भारतीय राज्य छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि एके-४७ फाइरिङ गर्दा ४ जना जवानको मृत्यु भएको छ । सुकमा जिल्लाको केन्द्रीय रिजर्भमा भएको उक्त घटनामा अन्य ३ जना घाइते भएका छन् । तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

यो ठाउँ प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा छ । विकासखंड लिंगनपल्लीमा रहेका २१७ नम्बर बटालियन क्याम्पमा आइतवार राति रितेश रंजन नामक जवानले गोली चलाएका हुन् । 

घटनाका आरोपी जवानलाई हाल हिरासतमा राखिएको छ । के कारणले उनले फाइरिङ गरे भन्ने कारण अहिले सम्म खुल्न सकेको छैन । घटनाबारे सोधपुछ भैरहेको जनाएको छ ।

 

तस्बिर : पिटीआइ 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित