थप ५६३ जना संक्रमणमुक्त, ९ को मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २२९ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १४३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३३ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.७ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ । त्यस्तै आज कसैले पनि कोरोना विरुद्दको खोप लगाएका छैनन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस