भारतको उत्तर प्रदेशमा ७९ जनामा जिका भाइरसको संक्रमण

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५४९ पटक पढिएको

 

भारतको उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई हप्तामा ७९ जनामा जिका भाइरसको संक्रमण देखिएको जनाएका छन् । भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका हुन् । 

उत्तर प्रदेश राज्यमा पछिल्लो समय यो भाइरसको प्रकोप देखिएको बताइएको छ । उनीहरुका अनुसार शनिबार मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । भारतका स्वास्थ्य अधिकारीहरुले यहाँ केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् ।

एडिज प्रजातिको लामखुट्टेले टोकेका व्यक्तिमा जिका भाइरस सर्छ । संक्रमित हुनेमा हल्का ज्वरो, डाबर आउने, आँखा रातो हुने, मासंपेशी र जोर्नीमा पीडा हुने र टाउको दुख्ने लक्षण हुन्छन् । 

यसबाट संक्रमित गर्भवती महिलाबाट जन्मने सन्तानको उही उमेरका बालबालिका भन्दा टाउको सानो हुने माइक्रोसेफली हुन्छ । यसअघि पनि एसिया तथा प्रशान्त क्षेत्र, अफ्रिका, अमेरिकामा जिकाले महामारीको रुप लिएको थियो ।

विश्व स्वास्थ्य संगठनकाअनुसार १९४७ मा सबैभन्दा पहिले युगाण्डाको एक बाँदरमा पहिचान गरिएको थियो । पछि १९५२ मा तान्जानिया र युगाण्डामा मानिसमा भेटिएको थियो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित