भारतको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५३५ पटक पढिएको

 

भारतको महाराष्ट्र राज्यको अहमदनगरस्थित एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ । शनिबार बिहान अहमदनगरको सरकारी अस्पतालको आईसीयू वार्डमा जम्मा १७ जना बिरामी रहेकोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको बीबीसी हिन्दिले जनाएको छ । 

उक्त वार्डमा कोरोनाका गम्भीर बिरामीको उपचार भइरहेको थियो । एक जना भने गम्भीर अवस्थामा रहेको बताइएको छ । 

स्थानीय जिल्ला अधिकारी राजेन्द्र भोसलेका अनुसार विद्युत सर्ट सर्किटका कारण आगलागी भएको थियो । सरसफाईको लागि आईसीयू वार्ड ३ घण्टा सम्म बन्द रहेको थियो । 

अहमदनगरको मुख्य मन्त्रि उद्धव ठाकरेले उक्त घटना प्रति शोक व्यक्त गर्दै त्यसको छानबिन गर्न निर्देशन दिएको बताइएको छ । 

तस्बिर :बीबीसी हिन्दि 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित