महँगी : विश्वभर १० वर्षकै उच्च

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५२९ पटक पढिएको

 

अक्टोबर महिनामा लगातार तेस्रो पटक बढेर खाद्यान्न र खाने तेलको मुल्य १० वर्षकै सबैभन्दा बढी महँगी भएको छ । संयुक्त राष्ट्रसंघीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले विश्वभर खाद्यान्न र खाने तेलको मुल्य लगातार बढेको जनाएको हो ।  

सन् २०११ को जुलाई पछि वार्षिक आधारमा गत अक्टोबरमा ३१ दशमलव ३ प्रतिशतले महँगी बढेको थियो । समाचार संस्था रोयटर्सका अनुसार आपूर्तिमा भएको अवरोध, उधोग बन्द हुनु र राजनीतिक तनाव बढेका कारण मूल्य बढेको एफएओले जनाएको  छ । 

एफएओका अनुसार खाद्यान्नको मूल्यमा वार्षिक २२ प्रतिशत वृद्धि भइरहेको छ । क्यानडा, रुस र अमेरिका जस्ता गहुँको ठूलो उत्पादक देशमा उत्पादन कम भएका कारण एक वर्षमै गहुँको मूल्य ४० प्रतिशत बढेको छ ।

खाद्यान्नको मूल्य अघिल्लो महिनाको तुलनामा अक्टोबरमा ३.२% ले बढ्यो । जसमा गहुँको मूल्य मात्र ५ प्रतिशतले वृद्धि भएको थियो। जुन  २०१२ नोभेम्बर यताकै अत्याधिक महँगी हो । 

त्यसै गरि पाम, सोया, सूर्यमुखी तेलको मूल्य बढ्दा वनस्पती तेलको मूल्यको सूचकांक पनि बढेको एफएओले जनाएको छ । वनस्पती तेलमा अक्टोबर महिनामा मात्र १० प्रतिशत मुल्यवृद्धि भएको थियो । एफएओका अनुसार तेलको मूल्य झन् बढ्नुको कारण मलेसियामा श्रमिक अभावका कारण पाम आयलको उत्पादनमा बाधा पुर्याउनु पनि हो । 

जलवायु परिर्वतनको कारण हामीले यो अवस्थाको सामना गर्नु परेको धेरै विज्ञहरु तर्क गर्छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित