चीनको राजधानीलाई प्रदूषित हावाले ढाक्दा भिजिबिलिटीमा समस्या

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३२९ पटक पढिएको

 

शुक्रबार चीनको राजधानी बेइजिङलाई प्रदूषणले ढाके सँगै केही भागहरूमा दृश्यता (भिजिबिलिटी) २ सय मिटरभन्दा कम भएको छ । जसका कारण कतिपय राजमार्गहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।

सहरका धेरै गगनचुम्बी भवनहरुको माथिल्लो भाग प्रदूषणले गर्दा देख्न नसकिने अवस्था छ । बाक्लो प्रदूषणका कारण बाहिरी क्षेत्रमा हुने निर्माण कार्य, खुला स्थानमा हुने फ्याक्ट्रीका काम र विद्यालयहरुको बाहिरी गतिविधि बन्द हुने जनाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो बेइजिङमा जाडोको पहिलो प्रदूषण अलर्ट हो । 

विशेष गरी हावा नचल्ने समयमाब इजिङ-तिआनजिन-हेबेईको औद्योगिक क्षेत्रमा प्रदूषणको समस्या देखिने गर्छ । आगामी दुई दिनमा साइबेरियाबाट आउने हावाले बेइजिङलाई यो तुवाँलोबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।

बेइजिङस्थित अमेरिकी दूतावासका अनुसार धेरै अस्वस्थ हावा भएको भन्दै शुक्रबार सहरी क्षेत्रमा पीएम २.५  स्तर २३४ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो ।

गत महिना चीनको वातावरण मन्त्रालयले यस हिउँदमा मुख्य सहरहरूमा पीएम २.५ खतरनाक साना वायुजनित कणहरूको सांद्रता वार्षिक औसत ४% घटाउने लक्ष्य राखेको जनाएको थियो । 

चीनले देशको ६४ औद्योगिक क्षेत्रमा प्रदूषणविरुद्ध अभियान सञ्चालन गर्ने सेप्टेम्बरमा घोषणा गरेको थियो । चीनमा बेइजिङ नजिकैको सहर झाङजियाकुमा ४ फेब्रुअरीदेखि २० फेब्रुअरीसम्म शीतकालीन ओलम्पिक आयोजना हुने बताइएको छ ।

 

तस्बिर : रोयटर्स 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित