नयाँ दिल्लीमा तिहार पछि विषाक्त हावा फैलियो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ६०९ पटक पढिएको

 

उज्यालोको पर्व तिहारको भोलिपल्ट नयाँ दिल्लीका बासिन्दाहरू विषाक्त धुवाँको शिकार भएका छन् । रातभर आतिशबाजी गरेका उनीहरुले यस वर्षको सबैभन्दा खतरनाक प्रदूषित हावामा सास फेरेका हुन् । 

नयाँ दिल्लीमा अहिले विश्वका सबै राजधानीहरू भन्दा खराब हावाको गुणस्तर छ । सधैँ जस्तै आतिशबाजी प्रतिबन्धको अवज्ञा गरे पनि मानिसहरूले भारतको सबैभन्दा ठूलो चाडलाई कोलाहलपूर्ण र धुवाँदार तरिकामा मनाएको अल्जजिराले उल्लेख गरेको छ । 

संघीय प्रदूषण नियन्त्रण बोर्डको निर्देशन अनुसार त्यहाँको वायु गुणस्तर सूचकांक (एक्युआई) ५०० को स्केलमा ४५१ पुगेको छ । यो रेकर्डलाई अधिकतम खराब मानिएको छ । जसले स्वस्थ मानिसहरूलाई असर गर्नुका साथै विद्यमान रोग भएकाहरूलाई  गम्भीर असर गर्छ । 

एक्युआईले एक घन मिटर हावामा विषाक्त धुलोको कण(पीएम) २.५ को एकाग्रता मापन गर्छ । करिब २ करोड जनसंख्या भएको नयाँ दिल्लीमा शुक्रबार पीएम २.५ रिडिङको औसत ७०६ माइक्रोग्राम मापन गरेको छ । विश्व स्वास्थ्य संगठनले वार्षिक औसत पाँच माइक्रोग्रामभन्दा माथिको कुनै पनि कुरालाई असुरक्षित ठानेको छ ।

वायुजनित पीएम २.५ ले फोक्सोको क्यान्सर जस्ता हृदय र श्वासप्रश्वाससम्बन्धी रोगहरू निम्त्याउन सक्छ । भारतमा विषाक्त हावाले गर्दा वार्षिक १० लाख भन्दा बढी मानिसको मृत्यु हुन्छ ।

पटाका प्रतिबन्ध सफल नभएको भन्दै खतरनाक प्रदूषण स्तरहरू विद्यमान रहेको त्यहाँका ऊर्जा र स्वच्छ वायु अनुसन्धान केन्द्रका विश्लेषक सुनिल दहियाले अल्जजिरालाई बताएका छन् । प्रत्येक वर्ष सरकारी अधिकारीहरू वा भारतको सर्वोच्च अदालतले पटाकाहरूमा प्रतिबन्ध लगाउँछन् । तर प्रतिबन्धहरू कहिले लागू हुँदैन ।

पञ्जाब र हरियाणाका किसानहरूले अर्को बालीको लागि आफ्नो खेत तयार गर्न बाँकी पराल जलाउने समय पनि अहिलेनै भएकाले दिल्लीमा दिपावलीको हावा झन् खतरनाक हुने गरेको बताइन्छ। त्यहाँको संघीय पृथ्वी विज्ञान मन्त्रालय अन्तर्गतको सफर अनुगमन प्रणाली तथ्याङ्क अनुसार दिल्लीको पीएम २.५ स्तरमा ३५ प्रतिशत परालको आगलागीबाट निस्किएको धुँवा छन् । 

अल्जजिरका अनुसार अक्टोबरमा अविरल वर्षा र हावाका कारण सफा आकाश देखिएको बेला त्यहाँका बासिन्दाहरूलाई कम्तिमा चार वर्ष पछि सबैभन्दा स्वच्छ हावामा सास फेरेका थिए । तर जाडो महिनामा उत्तरी भारतमा प्रदूषणको स्तर बढ्छ ।  यस समय कम तापक्रम र हावाको गतिमा आएको कमीले हावामा प्रदूषकहरूलाई लामो समयसम्म फ्याँक्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले  कोप २६ जलवायु शिखर सम्मेलनमा भारतले २०७० सम्म शुद्ध-शून्य कार्बन उत्सर्जन हासिल गर्ने बताएका थिए । तर केही विज्ञहरूले उक्त लक्ष्य कम्तिमा २० वर्ष ढिलो भएको अनुमान गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित