विश्वभरका १९० राष्ट्र कोइला प्रयोग रोक्न सहमत

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७७ पटक पढिएको

 

पोल्यान्ड, भियतनाम र चिलेजस्ता ठूला कोइला प्रयोगकर्तासहित विश्वभरका १९० राष्ट्रले कोइला प्रयोग रोक्ने प्रतिबद्धता जनाएको छ । उनीहरूले सन् २०३० को दशकमा धनी राष्ट्र र सन् २०४० को दशकमा गरिब राष्ट्रमा कोइला ऊर्जालाई विस्थापित गर्ने सहमति जनाएका हुन् । सो प्रतिबद्धतामा कोइलाका प्रमुख प्रयोगकर्ता अस्ट्रेलिया, भारत, चीन र अमेरिकाले हस्ताक्षर गरेका छैनन् ।

सहमतिमा हस्ताक्षर गरेका राष्ट्रहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुनै सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका बीबीसीले जनाएको छ । जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्त्व हो ।

बेलायतका व्यापार तथा ऊर्जामन्त्री क्वासी क्वार्टेन्ङले कोइलाको अन्त्य अवश्यम्भावी देखिएको बताएका छन् । उनले बीबीसी सँग भने, "कोइलाको भविष्य निर्धारण गर्ने, पर्यावरणलाई अँगाल्ने र स्वच्छ ऊर्जा प्रयोग हुने भविष्य निर्माण गरेर आर्थिक लाभ लिने विषयमा विश्व उचित दिशामा अगाडि बढिरहेको छ।"

पोल्यान्ड, भियतनाम र चिलेसहित १८ राष्ट्रले पहिलो पटक कोइला विस्थापित गर्ने र त्यसमा थप लगानी नगर्ने प्रतिबद्धता जनाएको बेलायत सरकारले बताएको छ । बेलायतका छाया व्यापारमन्त्री एड मिलिबान्डले राष्ट्रिय रूपमा कोइलाको प्रयोग नबढाउने प्रतिबद्धता व्यक्त नगरेका चीन र अन्य प्रमुख कोइला प्रयोगकर्ताका कारण त्यसका ठूलो खाडल देखिएको जनाएका छन् । तर बेलायत सरकारले त्यस्ता राष्ट्रलाई यसबाट उन्मुक्ति दिएको उनको भनाई छ । 

कोइलाको प्रयोग कम गर्ने विषयमा प्रगति भए पनि सन् २०१९ सम्म ३७ प्रतिशत विद्युत् उत्पादन कोइलाबाटै हुने गरेको तथ्याङ्क छ । दक्षिण अफ्रिका, पोल्यान्ड र भारतजस्ता देशहरूलाई सफा ऊर्जा उत्पादनतर्फ जानका लागि ठूलो लगानी आवश्यक पर्ने बताइएको छ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित