चीनद्वारा थप १६ लाख डोज कोरोना खोप सहयोग
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५२५ पटक पढिएको
चीनले नेपाललाई सहयोग स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल सहयोग गरेको हो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् ।
राजदूत यान्छीले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई २ दिन पछि ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिएकी छिन् । राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
हालसम्म चीन ले हालसम्म नेपाललाई ३४ लाख सो खोप अनुदान स्वरुप उपलब्ध गराएको छ । त्यस्तै नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको बताईएको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीनले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन खोप उपलब्ध गराउँदै आएकोमा आभार पनि व्यक्त गरेका थिए ।