कोप-२६ : नेपालका तर्फबाट सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा लक्ष्य

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४६० पटक पढिएको

 

नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने योजना रहेको प्रधानमन्त्री शेर बहादुर देउवाले बताएका छन्  । स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा नेपालको तर्फबाट सहभागी प्रधानमन्त्री देउवाले उक्त योजनासहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) पेस गरेको बताएका हुन् । 

उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य राखेको जनाएको छ । जस अन्तर्गत सन् २०३० भित्र कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने र देशको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्ने उनको भनाई छ । 

त्यस्तै उनले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन् ।  

हिमालयमा देखापरेका जलवायुजन्य सङ्कटहरुबारे सचेतना जगाउन नेपाल सरकारले ‘सगरमाथा संवाद’को आयोजना गर्ने उनले बताएका छन् । जुन संवादको नामकरण माउण्ट एभरेस्टबाट गरिएको उनको भनाई छ । 

नेपाले प्राकृतिक विपत्तिबाट पछिल्ला दिनमा ठूलो जनधनको क्षति बेहोर्नु परेको बताउदै प्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत प्राकृतिक र जलवायुजन्य प्रकोपहरुको जोखिममा छन्। गएको ४० वर्षको समयावधिमा प्राकृतिक विपद्हरुबाट नेपालमा मात्रै ६ अर्ब अमेरिकी डलर हाराहारीमा भौतिक र आर्थिक क्षति भएका छन्।’

उनले मंगलबारसम्म सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनि सँग वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव लगायत उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ । सम्मेलनमा ११७ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित