अफगानिस्तानको प्रतिनिधिले कोप -२६ मा भाग लिन पाएनन्

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३१७ पटक पढिएको

 

राष्ट्र संघीय जलवायु सम्मेलन कोप-२६ मा यसपटक अफगानिस्तानबाट कोहि पनि प्रतिनिधिले भाग लिन नपाउने भएको छ । स्कटल्याण्डमा आइतवार देखि सुरु भएको सम्मेलनमा अफगानिस्तानको प्रतिनिधित्व गर्ने गरी ६ जना प्रतिनिधिले दिएको निवेदन आयोजकले अस्वीकार गरेको हो । 

सम्मेलन सुरु हुनु दुई दिन अगाडि मात्र उनीहरुको निवेदन अस्वीकृत भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ  । अफगानिस्तानबाट  पाँच जना पुरुष र एक जना महिला गरि ६ जना वातावरणविद्हरुले सम्मेलनमा सहभागी हुन निवेदन दिएका थिए । 

उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरुले तालिवानको प्रतिनिधित्व नगरेको र तालिवानले सत्ता हातमा लिएपछि देश छाडेर छिमेकी देशमा शरण लिइरहेका थिए । त्यहाँ देखि बेलायत प्रवेशमा सहज हुने भए पनि उनीहरुको निवेदन अस्वीकार भएको र त्यसको कुनै कारण नदिइएको गार्डीयनले उल्लेख गरेको छ। 

कोप-२६ मा सहभागी हुन चाहेका ६ जनाले राष्ट्र संघीय कार्यक्रम, तालिवान पूर्वको सरकार अथव त्यहाँको राष्ट्रिय वातावरण सम्बन्धी निकायमा काम गर्ने गरेका थिए। उनीहरुले आफ्नो निवेदन अस्वीकार गरेकोमा दु:ख व्यक्त गरेका छन्। यस विषयमा केहि प्रतिनिधिले जलवायु परिर्वतनबाट प्रभावित लाखौँ अफगानीको आवाज दबाउने काम गरेको आरोप लगाएका छन्। उनले वातावरणलाई राजनीतिसँग मिसाउन नहुनेसमेत बताएका छन्। 

सुरुमा उनीहरुको निवेदन बेलायतको गृह कार्यालयले अस्वीकृत गरेको ठानिए पनि कार्यालय स्रोतले गार्डीयनलाई यस सम्बन्धी बेलायतको कुनै पनि निकायले  निर्णय नगरेको बताएका छन् । 

०.०३ प्रतिशत मात्र विश्वव्यापी उत्सर्जनमा हात रहेको अफगानिस्तान जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित