थप ५१८ जना कोरोना संक्रमणमुक्त, ८ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२४ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४०८ जनामा संक्रमण पुष्टि भएको छ   । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.४ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ८  जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४०७  पुगेको छ । त्यस्तै आज  ३८ हजार ८१५ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेका छन् ।

""

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित