सुडानमा सैन्य "कु" : तीन जना प्रदर्शनकारीको गोलि लागि मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २८७ पटक पढिएको

सुडानमा शनिबार देशव्यापी प्रदर्शनका क्रममा सेनाको गोली लागि तीन जनाको मृत्यु भएको छ । सुडानको केन्द्रीय चिकित्सक समितिले राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानमा भएको उक्त घटनामा तीन जना प्रदर्शनकारीलाई सेनाले मारेको बताएको छ ।
समितिले दशौं हजार मानिसहरूले सैन्य विद्रोह पछि नागरिक नेतृत्वको सरकारको पुनर्स्थापनाको माग गरेको जनाएको छ । प्रदर्शनकारीहरूले सैन्य सत्ताको अस्वीकार गर्दै बन्दीहरूलाई रिहा गर्न माग गरेका छन् ।
सुडान टिभीका अनुसार सुडानी सुरक्षा बलहरूले हाल्फया र सोबा पुलहरू बाहेक खार्तूमका अधिकांश मुख्य सडक र पुलहरू बन्द गरेका छन् । यस हप्ता दशौं हजार सुडानीहरूले जनरल अब्देल फताह अल-बुरहानले प्रधानमन्त्री अब्दल्ला हमडोकको मन्त्रिपरिषद्लाई हटाएकोमा विरोध गरेका हुन् ।
धेरै प्रजातन्त्र समर्थक कार्यकर्ताहरूलाई हिरासतमा लिएसंगै कम्तिमा १३ जना सुरक्षा बलहरूले मारिएको अल्जजिराले जनाएको छ । जसबाट सैन्य सरकारका विपक्षीहरूलाई पूर्ण रूपमा नजरबन्द गर्नुका साथै थप रक्तपातको डर भएको अल्जजिराले उल्लेख गरेको छ ।
सुडानमा गत महिना असफल विद्रोहको षड्यन्त्रले गर्दा राष्ट्रपति ओमार अल-बशीरको पतन पछि शक्ति बाँडफाँड गर्ने सेना र नागरिक समूहहरू बीच कडा प्रतिशोधहरू भएका थिए । २०१९ मा भएको विभिन्न विरोध प्रदर्शन पछि राष्ट्रपति बशीरलाई पदच्युत समेत गरिएको थियो । राष्ट्रपति बशीरको सत्तानै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो ।
तस्बिर: इपीए