टोङ्गामा महामारी सुरु भएयताकै पहिलो संक्रमित पुष्टि
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३९ पटक पढिएको

प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण देखिएको छ । बिहिबार एक जना पूर्ण मात्रा खोप लगाएका मानिसमा सङ्क्रमण पुष्टि भएको हो । उनि हवाई उडानमार्फत न्यूजील्यान्डबाट आएको बताईएको छ।
सङ्क्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक हुन् ।
न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयले भने आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको बिबिसीले उल्लेख गरेको छ । तर टोङ्गाका अधिकारीहरूले नियमित परीक्षणका बेला बिहीवार सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।
टोङ्गाको स्वास्थ्य मन्त्रालयका प्रमुख कार्यकारीले पत्रकारहरूलाई बताए अनुसार सङ्क्रमित व्यक्तिले अक्टोबरमा खोप लगाएका थिए । जसले गर्दा उनी गम्भीर बिरामी भने नहुने अधिकारीहरूको अनुमान छन् । टोङ्गा सङ्क्रमण नपाइएको अन्तिममध्येको देश थियो । पहिलो संक्रमण देखिए पछि त्यहाँका प्रधानमन्त्री पोहिभा तुएनिटोआले मुख्य द्विप टोङ्गाटपुमा अर्को साता लकडाउन हुनसक्ने बताएका छन् । प्रधानमन्त्री तुएनिटोआले सबै टोङ्गवासीहरूलाई शारीरिक दूरीको पालना गर्न र कोरोनाभाइरस सम्बन्धी नियमहरू पालना गर्न आग्रह समेत गरेका छन् ।
न्यूजील्यान्डभन्दा उत्तर पश्चिममा अवस्थित उक्त देशमा एक लाख ६ हजार मानिसहरू बस्छन् । सङ्क्रमण पुष्टि भए संगै त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएका छन् । टोङ्गाका एकतिहाइ जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन् । त्यहाँका ३१ % टोङ्गनहरू पूर्ण रूपमा खोप लगाएका छन् भने ४८ प्रतिशतले कम्तिमा एक डोज लगाएका अल्जजिराले ज उल्लेख गरेको छ । तर पनि त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौँ मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन् ।
करिब दुई वर्ष अगाडी देखि शुरु भएको महामारीबाट विश्वका सबै देश आक्रान्त बनेका छन् । विश्वभर २४ करोड मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ४९ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।