चीनको हिस्सा हुनुबाहेक ताइबानको अन्तर्राष्ट्रिय कानुनी हैसियत नभएको चीनको प्रतिक्रिया

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३४६ पटक पढिएको

 

चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको हिस्सा हुनुबाहेक ताइबानको अन्तर्राष्ट्रिय कानुनी हैसियत नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघमा ताइवानको अर्थपूर्ण सहभागिताको लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले ताइवानले चीनसँग पुनर्मिलन गर्नुबाहेक अर्को कुनै विकल्प नभएको पनि बताएका छन् । 

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको ‘अर्थपूर्ण’ सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो ।

मन्त्री वाङले रोममा हुने जी-ट्वान्टी शिखर सम्मेलनअघि अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् । एक चीनको विपक्षमा रहन खोज्नेहरू २१ औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको उनको भनाई छ । त्यस्तै उनले  यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । 

सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ । ५० वर्षअघि ताइवान संयुक्त राष्ट्र संघको महासभामा भएको मतदानबाट बाहिरिएको थियो । त्यसको ठाउँमा जनगणतन्त्र चीनलाई राष्ट्र संघमा प्रतिस्थापन गरिएको थियो । त्यसपछि ताइवानले संयुक्त राष्ट्र संघमा फर्कन पटक–पटक प्रयास गरे पनि सफल भएको छैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित