सबै प्रकारका इन्धनको मूल्यमा वृद्दि : ग्यासको मूल्य ५० रुपैयाँले बढ्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १४९ पटक पढिएको
नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ। त्यस्तै हवाई इन्धनमा १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ५० रुपैयाँ वृद्दि गरेको छ ।
अब नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टीतेलको ११६/११६ रुपैयाँ हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै ग्यासको नयाँ खुद्रा बिक्री मूल्य १५ सय रुपैयाँ तोकेको छ ।
भारतीय आयल निगमले अक्टोबर १६ मा पठाएको मूल्यसूचीअनुसार १५ दिनमा २ अर्ब २२ करोड घाटा देखिएपछि निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको बताइएको छ । निगमका अनुसार मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा १ अर्ब ८७ करोड हुनेछ ।
प्रतिक्रिया दिनुहोस