सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५८१ पटक पढिएको
सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटको उत्कृष्ट गन्तव्यहरूको सूचीमा नेपाल परेको हो । ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ ।
विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा पहिलो नम्बरमा कुक आइल्याण्ड, दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौमा स्लोभानिया, छैटौँमा एंगुइला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौँमा मलावी र दसौँमा इजिप्ट रहेका छन् ।
कोरोना महामारीका कारण पर्यटन व्यवसाय संकटमा परेको समयमा लोन्ली प्लानेटको सूचीमा नेपाल पर्नुले पर्यटन व्यवसायीहरु खुशी भएका छन् । यसबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्नेमा उनीहरु विश्वस्त छन् ।
प्रतिक्रिया दिनुहोस