फेसबुकले आफ्नो नाम परिवर्तन गरि ‘मेटा’ राख्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३१७ पटक पढिएको

 

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरि मेटा राखेको छ । फेसबुकका प्रमुख मार्क जकरबर्गले "मेटाभर्स" बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । उनले अहिलेको नामले "सम्भवत आफूहरूले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने" भएकाले नाम परिवर्तन गर्नुपरेको बताएका छन् । 

मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन् ।

सामाजिक सञ्जालमा विशाल मानिने कम्पनीले बिहीबार आफ्नो वार्षिक सम्मेलनमा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ । कम्पनिका अनुसार सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई विस्तार गर्ने योजना रहेको छ।  

कम्पनीले बिहीवार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ। जसलाई परिवर्तन गरेर इनफिनिटी आकार दिइएको छ ।

""

जकरबर्गले आफ्नो व्यापारलाई दुई भागमा छुट्याएर काम गर्न खोजिरहेको बताउदै एपहरू र अर्को भावी प्लेटफर्ममा काम गर्ने बताएका छन । उनले नयाँ नामबाट समयसँगै प्रयोगकर्ताले कम्पनीका अन्य सुविधा प्रयोग गर्न फेसबुक प्रयोग गर्नु नपर्ने समेत बताएको छ ।

बाहिरका मानिसका लागि मेटाभर्स भीआरकै एउटा संस्करण जस्तो लाग्न सक्छ तर केही मानिसहरू भने यसलाई इन्टरनेटको भविष्य हुनसक्ने विश्वास गर्छन् । कम्प्युटरमा हुनुको सट्टा मेटाभर्समा हुने मानिसहरूले हेडसेटको प्रयोग गरेर भर्चुअल दुनियाँमा प्रवेश गर्ने र त्यसले डिजिटल वातावरणसँग जोड्न सक्ने बिबिसीले जनाएको छ ।भर्चुअल दुनियाँले व्यवहारिक रूपमा काम, खेल र कन्सर्टदेखि परिवार साथीभाइसँग जोड्नेलगायत सबै गर्न सक्ने आशा गरिएको छ।

एकजना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो । ती पूर्व कर्मचारी फ्रान्सेस हाउगनले फेसबुक कम्पनीले "सुरक्षाभन्दा माथि नाफा" राखेको आरोप लगाएकी थिइन् । 

तस्बिर: एपी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित