थप १० लाख भन्दा बढी भेरोसेल खोप नेपाल आइपुग्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५६ पटक पढिएको

सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको कोभिडविरुद्धको १० लाख २० हजार डोज खोप नेपाल आएको छ   आएको छ । आज बिहान ९ बजे भेरोसेल खोप काठमाण्डू आइपुगेको हो ।

नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको थियो । सोही सम्झौँताको पहिलो लट आज आएको स्वास्थ्य सेवा विभाग खोप शाखाले जनाएको छ । खोपलाई टेकुस्थित भण्डारणमा राखिने छ ।

शाखाका अनुसार यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ । 

नेपालमा खोप लगाउने मानिसहरुको संख्या उल्लेख्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हिजो मात्र  ७३ हजार ४२६ जनाले कोरोना विरुद्दको खोप लगाएका थिए । खोप अभियान शुरु भए देखि हाल सम्म नेपालमा १ करोड ५३ लाख ४२ हजार १९८ जनाले खोप लगाएका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित