सुडानमा ‘सैन्य कु’ : प्रधानमन्त्री हमडोक सहित विभिन्न मन्त्रिहरु नजरबन्दमा
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५९१ पटक पढिएको
सुडानमा सेनाले प्रधानमन्त्री अब्दुल्लाह हमडोकलाई घरमै नजरबन्द गरेको छ । त्यहाँका स्थानीय संचारमाध्यम अल-हदाथ टिभीका अनुसार सुडानमा सैन्य बलहरूले प्रधानमन्त्री हमडोकलाई घरमै नजरबन्दमा राखेका र देशको नागरिक नेतृत्वका धेरै सदस्यहरूलाई हिरासतमा लिएका हुन् ।
अज्ञात स्रोतहरुलाई उद्धृत गर्दै साउदीको स्वामित्वमा रहेको संचारमाध्यमले सोमबार बिहान सैन्य बलले प्रधानमन्त्रीको घर घेराबन्दी गरी उनलाई नजरबन्दमा राखेको जनाईएको छ । हिरासतमा लिइएका अन्य नागरिक अधिकारीहरूमा उद्योग मन्त्री इब्राहिम अल-शेख र सुडानको राजधानी खार्तुमका गभर्नर अयमान खालिद सामेल पनि रहेका पारिवारिक स्रोतले अल जजीरालाई जनाइएको छ ।
त्यसै गरि सूचना मन्त्री हमजा बलौल, प्रधानमन्त्रीका मिडिया सल्लाहकार फैसल मोहम्मद सालेह र सुडानको सत्तारुढ सार्वभौम परिषद्का प्रवक्ता मोहम्मद अल-फिकी सुलिमानलाई पनि पक्राउ गरिएको बताइएको छ।
देशमा दूरसञ्चार पहुँच प्रतिबन्धित गरिएकाले त्यहाँ मानिसहरूसँग सञ्चार गर्न धेरै गाह्रो भएको अल जजीराले जनाएको छ ।
सेनाले खार्तुम सहरतर्फ जाने सबै सडक र पुलहरू पनि अवरुद्ध गरेको छ । सिपाहीहरुले खार्तूम शहर मा पहुँच प्रतिबन्धित रहेको जनाएको छ । खार्तुम सहरमा राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालयहरु जस्ता सरकारी संस्थाहरु रहेका जनाईएका छन्।
रोयटर्सका त्यहाँका सेनाबाट भने कुनै पनि प्रकारका प्रतिक्रिया आएका छैन । सुडानी राज्य टेलिभिजनमा भने देशभक्ति गीतहरु प्रसारण भैरहेको जनाइएको छ । सुडानको सार्वभौम परिषद्का प्रमुख अबेल फताह अल-बुर्हानले छिट्टै सोमबारको घटनाक्रममा बयान दिने जनाईएको छ ।
यसैबीच, देशको मुख्य प्रजातान्त्रिक राजनीतिक समूह सुडानीज प्रोफेशनल एसोसिएसनले सेनाको कदमलाई स्पष्ट सैन्य विद्रोह भन्दै जनतालाई सडकमा आउन आह्वान गरेको छ । रोयटर्स र एएफपी समाचार एजेन्सीहरूले प्रदर्शनकारीहरू राष्ट्रिय झण्डा बोके खार्तुमको सडकमा उत्रेका छन् । सडकमा टायर बालेर प्रदर्शनकारी प्रदर्शनमा उत्रिएको देखिएको बताएको छ । त्यस्तै खार्तुम विमानस्थल बन्द गरिएको र सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरिएको जनाइएको छ ।
सुडान गत महिना असफल विद्रोहको षड्यन्त्रले गर्दा नेता ओमार अल-बशीरको पतन पछि शक्ति बाँडफाँड गर्ने सेना र नागरिक समूहहरू बीचको कडा प्रतिशोधहरू पश्चात पछाडी धकेलिएको छ । २०१९ मा भएको विभिन्न विरोध प्रदर्शन पछि राष्ट्रपति अल-बशीरलाई पदच्युत गरिएको थियो । राष्ट्रपति बशीरको सत्तानै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो ।
तस्बिर : रोयटर्स