संसारकै सबैभन्दा खतरनाक र कोलम्बियाको मस्ट वान्डेट ड्रग्स तस्कर पक्राउ

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४५२ पटक पढिएको

 

कोलम्बियाको सशस्त्र सेनाले ओटोनिल भनेर चिनिने डायरो एन्टोनियो युसुगालाई पक्राउ गरेको छ । उनी कोलम्बियाका मस्ट वान्डेट ड्रग्स तस्कर हुन् । 

राष्ट्रपति इभान ड्यूकले कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबरसँग अटोनिलको तुलना गर्दै लागुऔषध नियन्त्रणमा ठूलो सफलता मिलेको बताएका छन् । युसुगा संसारकै सबैभन्दा खतरनाक लागुऔषध तस्कर भएको राष्ट्रपति ड्यूकको भनाई छ । ओटोनिललाई पक्राउ गर्ने क्रममा एक प्रहरी घटनास्थलमा मारिएको समेत बताइएको छ । 

‘हाम्रो देशमा भइरहेको ड्रग्सको कारोबारविरुद्ध यो यस शताब्दीको ठूलो झट्का हो,’ राष्ट्रपति ड्यूकले भिडियो सन्देशमार्फत भने, ‘यो झट्काको तुलना ९० को दशकमा भएकोे पाब्लो इस्काबरको पतनसँग मात्रै गर्न सकिन्छ ।’ 

युसुगा पुलिस अधिकारीहरु र केहि नेताहरुको हत्याको जिम्मेवार समेत रहेको बताइएको छ । मानवअधिकार हनन, बढ्दो गाँजा खेती, अपराध र हिंसाको आरोपमा बढ्दो सार्वजनिक अविश्वासको सामना गरिरहेका कोलम्बियाका प्रहरीहरुको लागि उनको गिरफ्तारी राम्रो जित मानिएको छ । 

युसुगालाई ५० जना सैन्य र पुलिस अधिकारीहरुले खोजिएको बताइएको छ । कोलम्बियाले यसअघि ओटोनिलबारे सूचना दिने व्यक्तिलाई पक्राउ ८ लाख अमेरिकी डलर पुरस्कार दिइने जनाएको थियो । त्यस्तै, अमेरिकाले पनि यस कार्यमा सहयोग गर्नेलाई ५० लाख पुरस्कार दिइने घोषणा गरेका थिए । 

तस्बिर : रोयटर्स 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित