देशभरका २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १८३ पटक पढिएको

देशभरका बालबालिकालाई  आज र भोलि निःशुल्क भिटामिन ‘ए’  खुवाइँदै छ । ६ महिनादेखि पाँच वर्षमूनिका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागिएको हो । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको बताइएको छ । 

स्वास्थ्य सेवा विभागका पोषण शाखाले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने जनाएको छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ । २०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुवाइने छ । 

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित