यस वर्ष विपदजन्य घटनामा परेर हालसम्म ३५३ जना को मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २५१ पटक पढिएको

 

यस वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जना को मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोहि अवधिमा ८० जना भने हराइरहेका छन् । बेपत्ता भएका ८० मध्ये पहिरामा ४२ र बाढीमा ३७ जना परेका छन् ।

विपदजन्य घटनामा सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको छ । त्यस्तै बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरि भारी वर्षाका कारण १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महमारीबाट ७ जनाको मृत्यु भएका छन् । 

वर्षाका कारण कार्तिकमा मात्रै १११ को मृत्यु भएको छ भने ३५ बेपत्ता रहेका छन् । त्यस्तै मनसुनको अवधिमा १३६ जनाको मृत्यु भएको थियो । 

प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन् । कूल एक हजार २८४ जना घाइते भएको विवरण छ । कूल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने रु एक अर्ब बढीको क्षति भएको छ । अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको छ । 

यसपाली बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको जनाइएको छ । मनसुनको समयमा पनि यस वर्ष १५ प्रतिशत बढी पानी परेको थियो । क्षतिको विवरण सङ्कलनको क्रममै रहेकाले उक्त तथ्यांक झन् बढ्ने गृह मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित