बङ्गलादेशको एक शरणार्थी शिविरमा आक्रमण हुँदा सात जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ६०० पटक पढिएको
बङ्गलादेश रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले आक्रमण गर्दा शुक्रबार कम्तीमा सात जनाको मृत्यु भएको छ । क्षेत्रीय प्रहरी प्रमुखले शुक्रबार एएफपीलाई आक्रमणकारीहरूले केही पीडितलाई गोली हानेको र अरुलाई चक्कुले हानेको बताएका छन्।
आक्रमणमा परि चार जनाको तत्कालै मृत्यु भएको र अन्य तीन जनाको बालुखाली क्याम्पको अस्पतालमा मृत्यु भएको जनाएको छ । घाइतेको बारेमा प्रहरीले केहि पनि जनाएको छैन ।
सो घटनमा उक्त समुदायका एक प्रमुख नेताको गोली हानी हत्या गरिएको छ जसबाट थप तनाव सृजना भएको जनाइएको छ ।
घटना लगत्तै एक आक्रमणकारीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बटालियनका क्षेत्रीय प्रमुख शिहाब कैसर खानले बताएका छन् । पक्राउ परेका व्यक्तिको साथबाट एउटा बन्दुक, छ राउण्ड गोली र चक्कु फेला परेको उनको भनाइ छ ।
तीन हप्ताअघि रोहिंग्या समुदायका नेता मोहिबुल्लाहलाई उनकै कार्यालयबाहिर शिविरमा गोली हानेर हत्या गरिएको थियो । त्यस हत्या पछि बढ्दो तनावको बीचमा यो घटना भएको बताइएको छ । हिजोको घटना पछि गृहमन्त्री असदुज्जमान खान कमलले रोहिंग्या शिविरहरूमा सुरक्षा बढाउनको व्यवस्था गरिने बाटेको अल्जजिराले जनाएको छ ।
गत डिसेम्बरमा बंगलादेशले करिब १० लाख मानिसहरुको बसोबास रहेको रोहिंग्याबाट २०,००० भन्दा बढी शरणार्थीहरूलाई भासन चार टापुमा स्थानान्तरण गरेको थियो । यो टापुमा शरणार्थीहरुको सुविधा को लागी संयुक्त राष्ट्र संग एक सम्झौता मा हस्ताक्षर भए पछि अन्य ८०,००० मानिसहरुलाई स्थानान्तरण गर्ने योजना रहेको जनाएको छ।
तस्बिर : एनाडोलु एजेन्सी