जंगलमा आगो सल्काउने २४ जनालाई सिरियामा मृत्युदण्डको सजाय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३६१ पटक पढिएको

सिरियाली सरकारले गत वर्ष देशको उत्तरपश्चिममा जलेको जंगलमा आगो सल्काएको भन्दै २४ जनालाई मृत्युदण्ड दिइएको छ । सिरियाको न्याय मन्त्रालयले बुधबार फेसबुकमा एक विज्ञप्ति जारी गर्दै २४ जनालाई मृत्युदण्ड र ११ जनालाई जेल सजाय सुनाएको घोषणा गरेको हो ।
गत वर्ष आतंकवादी अभियोगमा उनिहरुलाई पक्राउ गरिएको थियो। उनीहरुको कारणले मानिसको मृत्यु भएको र पूर्वाधार संगै सार्वजनिक जंगललाई व्यापक क्षति पुर्याएको जनाएको छ । उनीहरुले सिरियाका विभिन्न जंगलमा सुनियोजित रुपमा आगो सल्काउँदा ३ जनाको ज्यान गएको र धेरै जंगल जलेर नष्ट भएको जनाएको छ ।
उक्त सजायको कठोरताले देशको १० बर्षे गृहयुद्धको क्रूरता ट्रयाक गरेको मानवअधिकारकर्मीहरुले जनाएको छ ।
घटनामा संलग्न अन्यलाई भने जीवनभर कडा श्रमको सजाय तोकेको बताइएको छ। ती व्यक्तिहरुले सुनियोजित रुपमा लगाएको आगो चार प्रान्तहरु सम्म फैलिएको बाऐएको छ । जंगलमा लागेको आगो त्यहाँ लतकिया, टर्टोस र होम्स राज्यहरुमा फैलिएको थियो। जसबाट २८० गाउँको ३७० घरमा क्षति पुगेको र ११ हजार हेक्टर वन क्षेत्र नष्ट भएको बताइएको छ । उक्त आगलागीमा किसानहरु लाई लगभग २ करोड डलर घाटा भएको समेत बताइएको छ।
सिरियामा राजद्रोह, जासुसी, हत्या र आगजानीमा संलग्नलाई मृत्युदण्डको सजाय हुने व्यवस्था रहेको छ । एम्नेस्टी इन्टरनेशनलका अनुसार सन् २०२० मा चीनमा सबैभन्दा धेरै मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड धेरै दिइने देशहरुको सूचीमा ईरान, इजिप्ट, इराक र साउदी अरब पनि छन् ।
तस्बिर: रोयटर्स