विश्वकै सबैभन्दा लामो २६२ दिनको लकडाउन आज देखि खुल्यो
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४१० पटक पढिएको

अस्ट्रेलियाको सहर मेलर्वनमा लगाइएको लकडाउन आजदेखि खुलेको छ । कोभिडको कारण देखाई मेलवर्नमा पटक पटक गरी २६२ दिन लागेको लकडाउन बिहीबार रातीदेखि खुलेको हो ।
भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रियुजले आइतबार मेलवर्नको लकडाउन खुला गर्ने घोषणा गरेका थिए । मेलवर्न भिक्टोरिया राज्यको राजधानी सहर हो । महामारी फैलिएपछि मेलवर्न विश्वमै धेरै पटक लकडाउन हुने एक मात्र सहर हो ।
अस्ट्रेलिया र अन्य सञ्चार माध्यमहरूले यो विश्वकै सबैभन्दा लामो लकडाउन भएको बताउँदै आएका छन् । यसअघि अर्जेन्टिनाको व्युनस आर्यसमा २३४ दिन लकडाउन भएको थियो ।
मेलवर्नमा ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । मेलवर्नमा शुरूमा सन् २०२० को मार्चमा लकडाउन भएको थियो ।
भिक्टोरियामा १६ वर्षमाथिका ६५ प्रतिशत भन्दाबढीले दोस्रो डोज लगाएका छन् भने ८९ प्रतिशतले पहिलो डोज लगाएका छन् । लकडाउन खुलेसँगै प्रत्येक दिन कुनै पनि व्यक्तिको घरमा बढीमा १० जना आगन्तुकले भ्रमण गर्न सक्ने बताइएको छ ।