थप ७२६ जना संक्रमणमुक्त, ८ को मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ४८३ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ७२६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.२ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ । आज २३ हजार ५६८ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस