पानी पार्ने प्रणाली बाहिरिएसँगै मुलुकभर मौसममा सुधार
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३८ पटक पढिएको
नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै देखि काठमाण्डू उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । मौसमविद्हरुका अनुसार अबको चार/पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन।

भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । कात्तिक १ र २ गते नेपालको पश्चिम (कणाली र सुदूरपश्चिम) क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ को रातिबाट बुधबार साँझसम्मै त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २ बागमती, गण्डकी प्रदेशमा बर्षा गराएको थियो ।
बेमौसम (कात्तिक) मा परेको भारी वर्षाका कारण मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति गराएको छ। भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबाली समेतमा निकै क्षति पुरयाएको छ।