रुबी खानसहित हिंसा पीडितका परिवारले तोडेआमरण अनसन

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३१३ पटक पढिएको

 

सरकारसँग सहमति भएसँगै नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानसहित हिंसा पीडितका परिवारले  आमरण अनसन तोडेका छन् ।रुबिले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताउदै माग पूरा नभए फेरि कडा आन्दोलन गर्ने चेतावनी समेत  दिएकि छिन् ।

माइतीघर मण्डलाको अनशनस्थलबाट उनले भनिन्, ‘अहिले सरकारसँग लिखित सहमति भएकाले अनशन स्थगित भएको छ । भोलि अनुसन्धानमा कुनै कमजोरी भएमा वा न्याय दिने विषयमा आनकानी भएमा यो भन्दा कडा आन्दोलन गर्नेछौं’,। 

उनीहरुलाई माइतीघर मण्डलामा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल र मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाएका हुन् । त्यस्तै सरकारले ग्रह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गर्ने सहमति पनि गरेका छन् । 

त्यसअघि सोमबार र मंगलबार भएको वार्तामा छानविन समिति बनाउने र ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको थियो । 

बाँकेको नकुन्नी धोबी र निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै उनीहरु न्यायको खोजीमा नेपालगञ्जबाट हिँडेर काठमाडौं आएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित