म्यान्मारमा सैन्य सरकारले ५ हजार भन्दा बढी मानिसलाई रिहा गर्दै

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ४६७ पटक पढिएको

 

म्यान्मारको सैन्य सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सैन्य नेता जनरल मिन ओङले ५ हजार ६ सय ३६ बन्दी रिहा गरिने बताएका हुन् । बर्मामा जारी राजनीतिक संकट अन्त्य गर्न पर्याप्त कदम नचालेको भन्दै अन्तर्राष्ट्रिय समुदायले सरकारको आलोचना गरिरहेका बेला सरकारले केही बन्दी रिहा गर्ने घोषणा गरेको हो ।

फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि हजारौँ व्यक्ति पक्राउ परेका थिए । सरकारको बिरोधमा प्रदर्शनमा उत्रिएका व्यक्तिमाथि सेनाको कारबाहीमा सयौँको मृत्यु भइसकेको छ । जनवरीमा निर्वाचित सरकारलाई कु गरी सेनाले सत्ता हातमा लिएपछि भएको दमनमा कम्तीमा १२ सय जनाको मृत्यु भएको र साढे सात हजार पक्राउ परेका मानवअधिकारबादी समूहले जनाएका छन् ।

केही दिनअघि मात्र दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान)ले आगामी साता हुन लागेको सम्मेलनमा जनरल मिनलाई बहिस्कार गर्ने निर्णय गरेको थियो । म्यानमारमा वर्षैंदेखि अशान्ति छ । त्यहाँका अल्पसंंख्यक मुस्लिम रोहिज्याँ र बौद्ध धर्मालम्बीबीचको द्वन्द्वकाको चपेटामा सर्वसाधरण परेका छन् । सेनाको दमनका कारण लाखौँ मुस्लिम रोहिज्याँ बंगलादेशमा विस्थापित छन् ।

 

तस्बिर: सिएनएन 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित