महाकाली नदीमा पानीको बहाब पाँच लाख क्युसेक नाघ्यो, शतर्क रहन आग्रह

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ५३९ पटक पढिएको

आइतबारदेखिको अविरल वर्षाले गर्दा महाकाली नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकालीमा आज बिहान पानीको बहाव पाँच लाख दुई सय क्युसेक मापन गरिएको छ । 

जसका कारण शारदा ब्यारेजको बनबासा पुलमा आवतजावतमा रोक लगाइएको छ । सय वर्ष पुरानो पुल जीर्ण भएका कारण महाकाली नदीमा मंगलबार बिहान ९ बजेसम्म पानीको बहाब पाँच लाख क्युसेक नाघेपछि आवतजावत पूर्ण रुपमा बन्द गरिएको हो ।

एक लाख क्युसेक बहाब हुने बित्तिकै पुल बन्द हुन्छ हुने गरेकोमा पाँच लाख भन्दा बढी क्युसेकले  दुबै तर्फ डुबान समेत गरेको बताइएको छ ।

स्थानीय प्रशासनले महाकाली नदीमा बाढी अझै बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई शतर्क रहनसमेत सूचित गरेको छ । महाकाली नदीले चारलेन सडक कटान गर्न थालेपछि नदी गाउँ पस्ने खतरा बढेको बताइएको छ । 

महाकालीमा आएको बाढीले तटिय क्षेत्रका भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म भुजेला, ऐरी, दोधाराचाँदनी, खल्ला मुसेठी लगायतका क्षेत्रमा डुबान गरेको छ भने बन्दै गरेको महाकाली पुलको चारलेन सडक र बाँधमा कटान गरिरहेको बताइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित