साफको उपविजेता खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १७४ पटक पढिएको

सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका प्रत्यक खेलाडीलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।
नेपाली टोली आज बिहान मात्र नेपाल फर्किएको थियो ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भने भारतसँग ३-० ले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस