आज देखि नयाँ भाडादर कार्यन्वयनमा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १५३ पटक पढिएको
काठमाण्डू उपत्यकासहित वागमती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धिडर आजदेखि कार्यान्वयनमा आएको छ । वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत असोज २० गते भाडा वृद्धि गरेको थियो ।
प्रदेश सरकारले काठमाण्डू उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरिएको भए पनि उपत्यकाको हकमा भने किलोमिटरका आधारमा भाडा बढाएको थियो । जसअनुसार अब काठमाण्डू उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने छ ।
यो भाडादरमा यात्राुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउने समेत मन्त्रालयको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस