सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २१८ पटक पढिएको

 

सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण शून्य देखिएको छ । २४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि सङ्क्रमण नदेखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएको र एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिममा हालसम्म तीन लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । प्रदेशभर हालसम्म ५९८ जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित