इटलीयन तस्करहरूका लागि परिकार बनाउन राखिएका २३५ वटा मुसा फेला

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ३३९ पटक पढिएको

दक्षिणी इटलीको एक भाङ खेतमा छापा मार्ने क्रममा प्रहरीले २३५ वटा साना मुसाहरू फेला परेका छन् । मुसा थुन्ने खोर र मरेका मुसा राखिएका फ्रिजहरू पनि भेटिएको प्रहरीले जनाएको छ ।

भाङ खेत वरपर रहेका छाप्रोहरूमा प्रहरीले आइतबार छापा मार्दा चिस्याइएको अवस्थामा राखिएका ती मुसाहरू भेटिएका थिए । ती मुसाहरू लागु औषध तस्करहरूबीच लोकप्रिय परिकार बनाउनका लागि राखेको हुनसक्ने बताइएको छ। प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको जनाएको छ।

मुसाको परिकार शक्तिशाली माफिया समूहले उच्च तहका गुन्डाहरूका लागि आयोजना गर्ने भोजमा प्रयोग हुने वन्यजन्तुका क्षेत्रमा काम गर्नेहरू बताउँछन् । इटलीमा वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने संस्था लिपुका अनुसार वन्यजन्तु तस्करहरूले आस्प्रोमोन्टे पहाडमा रातिको समयमा सक्रिय हुने यस्ता मुसाहरूलाई जालमा थापेर आपराधिक समूहहरू र रेस्टुराँहरूलाई बेच्ने गरेका बिबिसीले जनाएका छन् ।

माफिया समूहका नाइकेहरूले मुसाको परिकारका प्लेट अगाडी बसेर महत्त्वपूर्ण निर्णयहरू लिने गरेको इटलीको कोरिएरे डेला सेरा अखबारले जनाएको छ। प्राचीन रोममा पनि मुसाका परिकारहरू प्रचलित थिए। पासोमा थुनिएका मुसाहरूको छाला काढिएपछि सुँगुरको मासु र मसलाहरू हालेर पकाइने बिबिसीले उल्लेख गरेको छ । अझै पनि क्रोएसिया र स्लोभेनियामा मुसा खाइन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित