इन्टरनेटको भविष्य : मेटाभर्स !

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२७ पटक पढिएको

 

प्रविधि कम्पनीहरू र विश्लेषकहरूले इन्टरनेटको अबको परिवर्तनकारी सोचका रूपमा मेटाभर्सलाई लिएका छन् । उनीहरुले मेटाभर्स इन्टरनेटको भविष्य भएको प्रतिक्रिया दिईरहेका छन् । मार्क जकरबर्ग र टीम स्वेनेजस्ता प्रविधिका चर्चित व्यक्तित्वहरूले पनि मेटाभर्समा लगानी गरेका खबर आइरहेका छन् ।

आम मानिसका लागि मेटाभर्स भर्चुअल रियालिटीको एउटा स्वरूपको रुपमा परिचित छन् । भर्चुअल रियालिटीलाई मेटाभर्सको प्रारम्भिक रूप मान्न सकिने विज्ञहरुको अनुमान छ । सन् १९८० को दशकको बोक्न गाह्रो भएको मोबाइल फोन अहिलेको सानो स्मार्टफोनको प्रारम्भिक रूप भएको जस्तै भर्चुअल रियालिटीलाई मेटाभर्सको प्रारम्भिक रूप मानिएको छ । 

सबै प्रकारका डिजिटल प्रविधिको दुनियाँमा छिर्न अहिले कम्प्युटरको प्रयोग गर्नुपरेको जस्तै मेटाभर्समा चाहिं टाउकोमा लगाउने एउटा उपकरणको मात्र प्रयोग गरे पुग्ने बताइन्छ । अहिले भर्चुअल रियालिटी धेरै जसो कम्प्युटर गेम खेल्न प्रयोग गरे पनि मेटाभर्समा त्यो उपकरण काम, खेल, कार्यक्रम, चलचित्र वा गफगाफ सबैका लागि प्रयोग गर्न सकिने बिबिसीले जनाएको छ ।

मेटाभर्स अहिलेसम्म सोचमा मात्रै सिमित रहेकोले यसको एउटा कुनै सर्वमान्य परिभाषा वा व्याख्या भने नगरिएको बिबिसीले जनाएको हो । बिबिसीका अनुसार अहिले सोच मात्रै भए पनि भर्चुअल रियालिटी र इन्टरनेटको गतिको विकासका कारण यो छिटै प्रविधिका रूपमा आउन सक्ने सम्भावना छ । 

हालैका वर्षहरूमा भर्चुअल रियालिटीको राम्रो विकास भैरहेका र बिस्तारै आम मानिसले प्रयोग पनि गर्न थालेका छन् । मेटाभर्स सुरुआती अवस्थामै  रहेका कारण यस बारे धेरै अध्ययन अनुसन्धान गर्नु पर्ने विश्लेषण गर्न जरुरि रहेको बताइएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित