हेइटीमा १५ जना अमेरिकी धर्म प्रचारक अपहरण

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १५९ पटक पढिएको

 

हेइटीको राजधानी पोर्ट-ओ-प्रिन्स नजिकै १५ जना अमेरिकी धर्म प्रचारक र तीनका परिवारहरूलाई सशस्त्र गिरोहले बन्धक बनाएका छन् । एउटा अनाथालयको भ्रमण सकेर फर्कँदै गर्दा उनिहरुलाई बसबाट ओरालिएको हेइटीको सुरक्षा संयन्त्रले सञ्चारमाध्यमहरूलाई बताएको हो।

इसाई धर्मको प्रचारमा संलग्न ती व्यक्तिहरूलाई क्र्वा डे बुके नगरबाट बाहिरिएको छोटो समयपछि नै बन्धक बनाएर अपहरणकारीले नियन्त्रणमा लिएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

घटनाबारे थोरै कुराहरू मात्रै आए पनि अमेरिकी अधिकारीहरूले विवरणहरूबारे जानकार रहेको बिबिसीले उल्लेख गरेको छ । हेइटीमा बन्धक बनाउने दर विश्वकै सबैभन्दा उच्चतम रहेको छ। त्यहाँ शक्तिशाली गिरोहहरूले कानुनविहीनताको अवस्थाको फाइदा उठाउँदै फिरौती उठाउन मानिसहरूलाई अपहरण गर्ने गरेको बताईन्छ । तस्बिर : गेटी इमेज 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित