केरलामा बाढीका कारण २६ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ६२० पटक पढिएको

 

भारतको दक्षिणी राज्य केरलामा बाढीका कारण २६ जनाको मृत्यु भएको छ । धेरै मानिसहरु बेपत्ता भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको स्थानीय संचार माध्यमहरुले बताएका छन् ।

राहत तथा उद्धार कार्यक लागि सैनिक खटिएका बताएका छन् । पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको र मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको बताएका छन् । 

केरलामा ठूलो वर्षाले बाढी तथा पहिरो निम्याइरहन्छ । सन् २०१८ मा पनि केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका बिबिसीले जनाएको छ ।

 

तस्बिर : एनआई 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित